मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरु

मंगलबार, भदौ १२ २०८०
यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरु

आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी नीलिमा प्रधान दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे।

काठमाडौं- एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसन २०२२/२३ का विजेता विद्यार्थीहरूको नाम घोषणा गरेको छ।

आर्किटेक्चरका विद्यार्थीहरूका लागि २०२२/२३ को प्रोजेक्ट पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरूका लागि ‘बुटिक होटल’ थियो। यो राष्ट्रियस्तरको प्रतियोगिताको आठौँ संस्करण हो, जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कुल गरी ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए।

आर्किटेक्चर र इन्टेरियर डिजाइन संकायबाट उत्कृष्ट ५ विजेताहरूको घोषणा २०२३ अगष्ट २७ मा आइतबार सोल्टी होटलमा गरिएको थियो। कार्यक्रम प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति थियो भने कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिहरू, कलेज संयोजकहरू, शिक्षकहरू, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो।

आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी नीलिमा प्रधान दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे।

फस्ट रनरअपहरु आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए र दुवैले एसियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे।

आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेशनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए।

चार सान्त्वना पुरस्कार काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई एसियन पेन्ट्सबाट १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरूलाई प्यानलद्वारा छनोट गरिएको थियो, जसमा आर्किटेक्चर र इन्टेरियर डिजाइनर बिरादरीका प्रतिष्ठित व्यक्तित्वहरू आर्किटेक्ट अरुण देव पन्त, आर्किटेक्ट अमुल मानन्धर, आर्किटेक्ट उमा साँगाछे श्रेष्ठ, आर्किटेक्ट एलेक्स श्रेष्ठ, आर्किटेक्ट येकराज अधिकारी, इन्टेरियर डिजाइनर सपना सापकोटा, इन्टेरियर डिजाइनर तेजिता वैद्य अमात्य र इन्टेरियर डिजाइनर बिवा जोशीलगायत संलग्न थिए।


प्रकाशित : मंगलबार, भदौ १२ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend