मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुजुकी जिम्नीको डेलिभरी सुरु 

सोमबार, भदौ ११ २०८०
सुजुकी जिम्नीको डेलिभरी सुरु 

सोमबारबाट सुजुकीको देशभर रहेको शोरुमहरुबाट जिम्नी डेलिभरी सुरु गरिएको सीजी मोटोकर्पले जनाएको छ।

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डको प्यासेन्जर सवारीको आधिकारिक बिक्रेता सीजी होल्डिङस् अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले जिम्नीको डेलिभरी सुरु गरेको छ। अन्तर्राष्ट्रिय बजारमै चर्चित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’को डेलिभरी सुरु गरेको हो। 

सोमबारबाट सुजुकीको देशभर रहेको शोरुमहरुबाट जिम्नी डेलिभरी सुरु गरिएको सीजी मोटोकर्पले जनाएको छ। जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो। ट्रु अफ-रोड एसयूभी जिम्नीले ५० वर्षभन्दा बढीको विरासतको बोकेको छ। 

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ। यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। यो एसयूभी एक समर्पित उन्नत फोर डब्लूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सनजस्ता अफ-रोड सुविधाहरू समावेश गरिएको छ।

अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू उपलब्ध रहेको छ। 

कम्पनीका अनुसार ५-ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेइटिङ पिरेड पनि निकै लामो छ। यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले सीजी मोटोकर्पले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थियो। 

‘उक्त अनुरोधको नतिजा हामीले भारतमा भन्दा कम वेइटिङ पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ,’ कम्पनीले भनेको छ, ‘हामी विश्वस्त छौँ कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन्। त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी-केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ।’

सुजुकी जिम्नीका मुख्य विशेषताहरु

लेन्थ : ३६ सय एमएम

वाइड : १६ सय ४५ एमएम

हाइट : १७ सय २५ एमएम

ह्वील वेस : २२ सय ५० एमएम

ग्राउन्ड क्लियरेन्स : २ सय १० एमएम

सिट क्षमता : ४

इन्जिन क्षमता : १४ सय ६२ सीसी

पावर : ६ हजार आरपीएममा १ सय एचपी

टर्क : ४ हजार आरपीएममा १ सय ३० एनएम

ड्राइभट्रेन : फोर ह्वील ड्राइभ

ट्यांक : ४० लिटर

माइलेज : १६ किलोमिटर प्रतिलिटर

अधिकतम गति : १ सय ४५ किलोमिरट प्रतिघण्टा 


प्रकाशित : सोमबार, भदौ ११ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend