मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

सोमबार, भदौ ११ २०८०
महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

अनलाइनमार्फत ग्राहकले अकाउन्ट ओपनिङ, केवाईसी अपडेट, न्यु डेविट कार्ड, मोबाइल बैंकिङलगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

काठमाडौं- महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवालाई परिष्कृत गर्दै पुन: सञ्चालनमा ल्याएको छ।

ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै अनलाइन सेवालाई परिष्कृत गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। अनलाइनमार्फत ग्राहकले अकाउन्ट ओपनिङ, केवाईसी अपडेट, न्यु डेविट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो। आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ ११ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend