मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य लगातार स्थिर, चाँदीको घट्यो

सोमबार, भदौ ११ २०८०
सुनको मूल्य लगातार स्थिर, चाँदीको घट्यो

आइतबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार तोलामा ५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर छ भने चाँदीको घटेको छ। 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबारयता सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्बढ भइरहेको छ। आइतबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार तोलामा ५ रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ६० रूपैयाँ कायम छ।


प्रकाशित : सोमबार, भदौ ११ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend