मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एनसेलले जित्यो 'अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

आइतबार, भदौ १० २०८०
एनसेलले जित्यो 'अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

शुक्रबार राजधानीमा आयोजित सातौँ सेल्स समिट २०२३ मा एनसेलले उक्त प्रतिष्ठित अवार्ड जितेको हो।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ। शुक्रबार राजधानीमा आयोजित सातौँ सेल्स समिट २०२३ मा एनसेलले उक्त प्रतिष्ठित अवार्ड जितेको हो।

एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए। एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो।

'यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौँ। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो। नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौँ।'


प्रकाशित : आइतबार, भदौ १० २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend