मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित 

आइतबार, भदौ १० २०८०
नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित 

ग्रोथ लिडरसिप एकेडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो। 

काठमाडौं- नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ। ग्रोथ लिडरसिप एकेडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो। 

कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

मर्जर एक्वीजीसन पश्चात्का वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाइ छ।

उक्त कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो।


प्रकाशित : आइतबार, भदौ १० २०८०१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend