मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आइतबार, भदौ १० २०८०
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ६५ रूपैयाँ कायम छ।

काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको तोलामा १५ रूपैयाँले बढेको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन गत बिहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ६५ रूपैयाँ कायम छ।

 


प्रकाशित : आइतबार, भदौ १० २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend