आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

हिमालयन जनरल इन्स्योरेन्स नाफा ७ लाखले बढ्यो, प्रतिसेयर आम्दानी कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
images
हिमालयन जनरल इन्स्योरेन्स नाफा ७ लाखले बढ्यो, प्रतिसेयर आम्दानी कति?

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को प्रथमले त्रैमास (साउनदेखि असोजसम्म)मा २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

images
images

काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथमले त्रैमास (साउनदेखि असोजसम्म) मा २ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ।

images
images
images

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनाममा केही बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

images
images

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको बीमा कोषमा ५७ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड ४१ लाख रुपैयाँ थियो।

images
images

साथै कम्पनीको जगेडा कोषमा  ३८ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २५ करोड २० लाख रुपैयाँ थियो।

कम्पनीको खुद बीमा शूल्क आर्जन रकम पनि ४ दशमलव ८९ प्रतिशतले बढेका छ। गत आर्थिक वर्षमा ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा ८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। 

कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा रहेको छ। प्रति सेयर नेटवर्थ १८८ रुपैयाँ ६१ पैसा रहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend