मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

रोयल इनफिल्डको एक्सचेन्ज मेला 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ७ २०८०
रोयल इनफिल्डको एक्सचेन्ज मेला 

रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो योाजनाको सुविधा उपलब्ध हुने जनाएको छ। 

काठमाडौं- रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला गर्ने भएको छ। एक्सचेन्ज मेला भदौ १० देखि १५ गतेसम्म आयोजन गर्न लागेको हो। 

यो एक्सचेन्ज मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, उत्कृष्ट मूल्यांकन तथा फिल्डमै फाइनान्सको सुवधा उपलब्ध हुनेछ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पांग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ।

हाल नेपाली बाजरमा रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसी मोडलहरु उपलब्ध छन्। रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो योाजनाको सुविधा उपलब्ध हुने जनाएको छ। 

ग्राहकसँग आफ्नो मोटरसाइकलको उत्कृष्ट मूल्यांकनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ। त्यस्तै तत्काल फाइनान्सको लागि वित्तीय संस्था हुने कम्पनीले जनाएको छ। यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्डका मोटरसाइकल बिना झन्झट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , भदौ ७ २०८०११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend