बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

एमसीसी जटिल बन्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
एमसीसी जटिल बन्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्।

images
images

काठमाडौं- नेपालको संसदले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विषयमा जटिलता बढ्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन्। मंसिर १ गते काठमाडौं अवतरण गर्न लागेका लु २ गते फर्कने कार्यक्रम छ। 

images
images
images

सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। ३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन। 

images
images

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्। सत्तारुढ दलभित्र नै एमसीसीबारे एकमत नभएका कारण सम्झौता अनुमोदन अन्यौलमा छ। 

images
images

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५०० मिलियन डलर अनुदान दिँदैछ।


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend