मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य तोलामा पाँचसयले बढ्यो, चाँदी प्रतितोला १४ सय ६० रूपैयाँ कायम

बिहीबार , भदौ ७ २०८०
सुनको मूल्य तोलामा पाँचसयले बढ्यो, चाँदी प्रतितोला १४ सय ६० रूपैयाँ कायम

यो साता लगातार दुई दिन स्थिर रहेर त्यसयता बढिरहेको चाँदीको मूल्य बिहीबार तोलामा ३५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- सुनचाँदीको मूल्य दुई दिनयता लगातार बढिरहेको छ। बुधबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार तोलामा पाँच सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ।

यो साता लगातार दुई दिन स्थिर रहेर त्यसयता बढिरहेको चाँदीको मूल्य बिहीबार तोलामा ३५ रूपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : बिहीबार , भदौ ७ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend