बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

१ हजार नेपाली कामदार इजरायल लगिँदै, इजरायल र काठमाडौंबीच सिधा हवाई उडानको प्रयास हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
१ हजार नेपाली कामदार इजरायल लगिँदै, इजरायल र काठमाडौंबीच सिधा हवाई उडानको प्रयास हुँदै

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने बताए।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले भेटवार्ता गरेका छन्। 

images
images
images

सो अवसरमा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए। यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरे।  

images
images

भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो। मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिए। सोही क्रममा राजदूत गोदरले इजरायल-भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी दिए।

images
images

राजदूत गोदरसँग मन्त्री आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको बताए। नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हर्वाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन दिए। रासस


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend