बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

भाखा नाघेका ऋणीलाई पाँच प्रतिशत ब्याज तिरे पुनरतालिकीकरण

images
सोमबार, कात्तिक २९ २०७८
images
भाखा नाघेका ऋणीलाई पाँच प्रतिशत ब्याज तिरे पुनरतालिकीकरण

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै ब्याज तिर्न नसकेको अवस्थामा पुस मसान्तसम्म ५ प्रतिशत तिर्ने ऋणीलाई पुनरतालिकीकरण गरिने भएको  छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै ब्याज तिर्न नसकेको अवस्थामा पुस मसान्तसम्म ५ प्रतिशत तिर्ने ऋणीलाई पुनरतालिकीकरण गरिने भएको  छ।

images
images
images

निर्देशनमा (ख) बुँदा (क) बमोजिम २०७८ असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न असमर्थ कोमिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रका ऋणीहरुहरुको हकमा उक्त व्यवस्था गर्न निर्देशन दिएको हो। 

images
images

शर्तहरुको अधिनमा रहि बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ पुस मसान्तभित्र कर्जाको पुनरसंरचना ÷ पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरिएको हो।

images
images

कर्जाहरुको लागि न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असल वर्गमा वर्गीकरण गर्न सकिनेछ। यसरी कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनु पर्ने ।

मूल्याङकन गरी ऋणीको लिखित कार्ययोजना अनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा पुनरतालिकीरकण वा पुनरसंरचना गर्न सकिने व्यवस्था समेत गरेको छ। 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend