बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आउटरिच नेपालका संस्थापक शाक्यलाई 'एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड' बाट सम्मानित

बुधबार, भदौ ६ २०८०
आउटरिच नेपालका संस्थापक शाक्यलाई 'एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड' बाट सम्मानित

उजय शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो।

काठमाडौं- आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औँ संस्करणमा 'एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ।

गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजित कार्यक्रममा शाक्य उक्त अवार्डबाट सम्मानित भएका हुन्। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेस्नलबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो।

शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ। सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ।

एसियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन्। अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए। उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।


प्रकाशित : बुधबार, भदौ ६ २०८००६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend