बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

बुधबार, भदौ ६ २०८०
एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिनलगायतका सामग्री हस्तान्तरण गरेको छ।

काठमाडौं- एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठका साथै अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको छ। बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ।


प्रकाशित : बुधबार, भदौ ६ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend