मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई ओरो प्लस डेन्टलमा १० प्रतिशत छुट

बुधबार, भदौ ६ २०८०
सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई ओरो प्लस डेन्टलमा १० प्रतिशत छुट

बैंक र ओरो प्लसबीच १० प्रतिशत छुट दिने सम्झौता भएको हो।

काठमाडौं- सिटिजन्स बैंकका ग्राहकहरुले पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र ओरो प्लसबीच १० प्रतिशत छुट दिने सम्झौता भएको हो।

छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डबाहक ग्राहकहरूले उक्त छुट पाउने भएका हुन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।


प्रकाशित : बुधबार, भदौ ६ २०८००६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend