मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार, भदौ ६ २०८०
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार चाँदी प्रतितोला १० रूपैयाँले बढेको छ भने सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार तोलामा दुई सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँले वृद्धि भएको हो। 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा २५ रूपैयाँले वृद्धि भएको चाँदीको मूल्य बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, भदौ ६ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend