बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ट्रिनिडाड एण्ड टोबागोमा अलपत्र तीन नेपाली महिलाको उद्धार

मंगलबार, भदौ ५ २०८०
ट्रिनिडाड एण्ड टोबागोमा अलपत्र तीन नेपाली महिलाको उद्धार

दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्द गरेका कारण अध्यागमनमा कठिनाइ भएको थियो।

वाशिंटन डिसी- अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोबागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ। विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ तामाङ, तीर्था लामा वाइवा र यांगेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ।

उनीहरु बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ। दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्द गरेका थिए। त्यसले उनीहरुको अध्यागमनमा कठिनाइ भएको थियो। उनीहरुलाई ट्रिनिडाड एण्ड टोबागो सरकार र त्यहाँ रहेका नेपालीले उद्धारमा सहयोग गरेका थिए।

अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिवियन देशमा यात्रा गर्दा उनीहरुले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अपिल गरेको छ।


प्रकाशित : मंगलबार, भदौ ५ २०८००७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend