मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

प्रतितोला दुईसयले बढ्यो सुनको मूल्य, चाँदीको २५ रूपैयाँले वृद्धि

मंगलबार, भदौ ५ २०८०
प्रतितोला दुईसयले बढ्यो सुनको मूल्य, चाँदीको २५ रूपैयाँले वृद्धि

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९५० रूपैयाँ कायम छ।

काठमाडौं- सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ। सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९ सय ५० रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य आज एक हजार चार सय १५ रूपैयाँ कायम छ।


प्रकाशित : मंगलबार, भदौ ५ २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend