शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ, सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा

सोमबार, भदौ ४ २०८०
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ, सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा

अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ।

काठमाडौं- भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
 
मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेस प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत रोपाइँ भएको छ।

यस्तै कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ।

गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो। धेरै धान उत्पादन हुने मधेस प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend