शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्याजमा अस्वभाविक मूल्यवृद्धि, एकै दिनमै ४१ प्रतिशतसम्म बढ्यो  

सोमबार, भदौ ४ २०८०
प्याजमा अस्वभाविक मूल्यवृद्धि, एकै दिनमै ४१ प्रतिशतसम्म बढ्यो  

भारतबाट आयात हुने भएकाले कर लगाएपछि मूल्यवृद्धि हुने भएपनि कर लागेको प्याज आयात नहुँदै स्टककै प्याजमा मूल्यवृद्धि भएको छ। भारतबाट बढेको मूल्य आउनुअघि नै व्यवसायीहरूले प्याजको मूल्यवृद्धि गरेका छन्। 

काठमाडौं- नेपाली बजारमा प्याजको मूल्यवृद्धिमा उछाल आएको छ। कालिमाटी तरकारी बजारको सूचना अनुसार एकै दिन प्याजको मूल्य ४१ प्रतिशतसम्मले बढेको छ। 

आइतबार भारतले प्याजको निकासीमा ४० प्रतिशत कर लगाउने सूचना निकालेपछि आजै नेपाली बजारमा ४१ प्रतिशतसम्मको मूल्यवृद्धि भएको हो। कालिमाटी तरकारी बजार विकास समितिको सूचना अनुसार हरियो प्याजको मूल्यमा ४१ प्रतिशतले वृद्धि भएको छ भने सुकेको प्याजमा २७ प्रतिशतले बढेको छ। 

भदौ ३ गते नेपाली बजारमा सुकेको प्याजको किलोको औसत ६१ रुपैयाँ रहेको थियो। भदौ ४ गते सो मूल्य ७८ रुपैयाँ पुगेको छ। त्यस्तै हरियो प्याजको मूल्य भदौ ३ गते किलोको औसत मूल्य १३६ रुपैयाँ रहेकोमा भदौ ४ गते १९३ रुपैयाँ पुगेको छ। 

भारतबाट आयात हुने भएकाले कर लगाएपछि मूल्यवृद्धि हुने भएपनि कर लागेको प्याज आयात नहुँदै स्टककै प्याजमा मूल्यवृद्धि भएको छ। भारतबाट बढेको मूल्य आउनुअघि नै व्यवसायीहरूले प्याजको मूल्यवृद्धि गरेका छन्। 

मूल्यवृद्धि हुनसक्ने उपभोक्तामो मनोविज्ञानमा खेल्दै व्यवसायीहरूले अधिक नाफा लिएर प्याजको बिक्री गरेका छन्। 

नेपालले आफूलाई चाहिने प्याजको १० प्रतिशत मात्र उत्पादन गर्ने अनुमान रहेको छ। नेपालसँग प्याज उत्पादन, स्टक तथा मागको तथ्यांक नभएकाले यसको एकिन तथ्यांक भने छैन। मागको अधिक भाग आयातमै पर पर्ने अवस्था रहेको छ। आयात भारतबाटै हुन्छ। प्याजको अफसिजन भएकाले यही बेला भारतीय बजारमा अभाव भएर मूल्य बढ्नसक्ने भएकाले भारतले निर्यात निरुत्साहित गर्न भन्दै कर लगाउने निर्णय गरेको छ। 

भारतले आफ्नो बजारमा मूल्य बढ्न नदिनका लागि कर लगाएपछि त्यसको असर नेपाली बजारमा देखिने भएपनि असामायिक मूल्यवृद्धि भएको छ। भारतीय प्याजको दबदबा नेपालमा भएपछि यसको मुल्यको निर्धारण पनि भारतीय बजारले नै गर्दै आएको छ। 


प्रकाशित : सोमबार, भदौ ४ २०८००४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend