बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘सीजी धाम’मा हनुमान प्रवचन चलिरहँदा भक्तजनको घुइँचो (तस्बिरहरू)

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३ २०८०
‘सीजी धाम’मा हनुमान प्रवचन चलिरहँदा भक्तजनको घुइँचो  (तस्बिरहरू)

नवलपरासी- नवलपरासीस्थित चौधरी समूहले निर्माण गरेको ‘सीजी धाम’मा धार्मिक पर्यटकहरूको घुइँचो लागेको छ। व्यावसायिक घराना ‘चौधरी ग्रुप’का प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा नेपाल आएका गुरु धीरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर सरकार’ को हनुमान प्रवचन सुन्न भक्तजनहरूको भिड लागेको हो। 

शनिबार र आइतबार धीरेन्द्रकृष्ण शास्त्रीको प्रवचन सुन्न हजारौँको संख्यामा सीजी धाम परिसरमा भीड लागेको छ। पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ। 

शनिबार काठमाडौं आएका बागेश्वर सरकारलाई लिएर नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका सांसद विनोद चौधरी, उनकी श्रीमती सारिका चौधरी शनिबार नै चितवन पुगेका थिए।

प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। शनिबारदेखि सुरू भएको प्रवचन तीन दिनसम्म चल्नेछ। जहाँ देशभरबाट धार्मिक पर्यटकहरू पुगिरहेका छन्। 

corporate dharma (2).jpg
corporate dharma (3).jpg
corporate dharma (4).jpg
corporate dharma (5).jpg
corporate dharma (7).jpg
corporate dharma (9).jpg
corporate dharma (10).jpg
corporate dharma (11).jpg
corporate dharma (12).jpg


प्रकाशित : आइतबार, भदौ ३ २०८००७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend