आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

अर्थमन्त्रीमार्फत ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपले बढेको सेयर बजार स्थायी कि अस्थायी?

images
सोमबार, कात्तिक २९ २०७८
images
अर्थमन्त्रीमार्फत ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपले बढेको सेयर बजार स्थायी कि अस्थायी?
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर अहिले देखिएको तरलता अभावको समस्यालाई समाधान गर्न छलफल गरे। उनले राष्ट्र बैंकसहित बैंकरहरूलाई ब्याजदर आक्रामक रुपमा वृद्धि नगर्न समित अनुरोध गरेका थिए। 

images
images
images

यसलगत्तै राष्ट्र बैंकले हिजो आइतबार बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत मुद्दती निक्षेपकर्ताहरूको ब्याजदर नबढाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले बैंकहरूलाई संस्थागत मुद्दती निक्षेपमा बोलकबोल गर्दा धेरै बढाबढ नगर्न निर्देशन दिएको हो। 

images
images

राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर नबढाउनसमेत निर्देशन दिएको छ। अधिकांश बैंकहरू नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा छन्। वाणिज्य बैंकहरूको सिडी रेसियो ९० प्रतिशत नाघिसकेको छ। यो भनेको बैंकहरू नयाँ कर्जा प्रवाह गर्न नपाउने अवस्थामा पुगेका हुन्।

images
images

यस्तोमा पनि अहिले बजार घट्ने अवस्थामा नरहेको विश्लेषक बिष्णु बस्याल बताउँछन्। बजारमा ब्याजदरको विषयसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा केही विषय सम्बोधन हुने आशासमेत लगानीकर्ताले गरेको बस्याल बताउँछन्। ‘विगतमा ३२ सयबाट फर्किएर फेरि बढ्ने, घट्ने भइरहेको र अब बजार रोकिने भन्दा पनि माथि जाने तरखरमा रहेकोले अब सकारात्मक बाटोमा जान्छ,’ बस्यालले भने 

यसका साथै बजारमा निक्षेप बढ्नुको सट्टा घटिरहेकोले गर्दा तरलता अभाव थप चरम अवस्थामा पुग्ने अनुमान गर्न सकिन्छ। नयाँ निक्षेप नबढिरहेको अवस्थामा राष्ट्र बैंकले ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव दिँदै आएको छ। 

ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने भएकाले आक्रामक रुपमा निक्षेप खोसाखोस गर्नका लागि राष्ट्र बैंकले ब्याजदरमार्फत कस्न खोजेको देखिन्छ। अर्कोतर्फ आफूसँग भएको मुद्दती निक्षेप सुरक्षित गर्नका लागि अधिकतम ०.१ प्रतिशत बसन्दुसम्म बढी दिन पाउने अधिकार दिइएको छ। 

यहि समाचारले सोमबारको सेयर बजारलाई साथ दिएको छ। कारोबार खुलेदेखि नै सुधार देखिएको सेयर बजारमा २६ अंकभन्दा धेरैले सुधार भएको छ। 

सोमबार सेयर बजार २६.४४ अंकले बढेर २७१५.३५ बिन्दुमा पुगेको छ। सोमबार ८६ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता गर्नेगरी गभर्नरले अर्थमन्त्री जनार्दन शर्मासँग छलफलसमेत गरेका छन्। सम्भवत: मंसिरको पहिलो साता मौद्रिक नीतिको समीक्षा आउने छ।

लगानीकर्ता पनि सोही पर्खाइमा रहेका छन्। ४ करोड र १२ करोडको सेयर धितो कर्जा सीमा सच्चिने अनुमानमा पनि लगानीकर्ता उत्साहित भएका छन्। तर राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाउने वा नहटाउने भन्ने विषयमा बोलेको छैन। 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend