बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

दुर्घटना बीमा निर्देशिका २०७८ जारी : छोटो अवधीको दुर्घटना बीमासमेत गर्न पाइने

images
सोमबार, कात्तिक २९ २०७८
images
दुर्घटना बीमा निर्देशिका २०७८ जारी : छोटो अवधीको दुर्घटना बीमासमेत गर्न पाइने

बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ। निर्देशिका अनुसार छोटो अवधीका लागि पनि बीमा गर्न पाउने व्यवस्था गरेको छ। 

images
images

काठमाडौं- बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ। निर्देशिका अनुसार छोटो अवधीका लागि पनि बीमा गर्न पाउने व्यवस्था गरेको छ। 

images
images
images

निर्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लागि बीमालेख जारी गर्न सक्ने व्यवस्था गरिएको छ। छोटो अवधिका बीमालेखमा लाग्ने बीमाशुल्क समेत अलग अलग हुनेछ। 

images
images

निर्देशिका अनुसार एक महिनासम्मको लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एकदेखि ३ महिनाको लागि ५० प्रतिशत, ३ देखि ६ महिनाको लागि ६० प्रतिशत र ६ देखि १ वर्ष सम्मको लागि शत प्रतिशत बीमाशुल्क लाग्नेछ। समितिले दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयारी गरी त्यसको लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउन बीमा ऐन अनुसार निर्देशिका जारी गरेको हो।

images
images

निर्देशिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि मात्रै जारी हुनेछ। बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति,घण्टा र मिनेट सहित उल्लेख गर्नुपर्ने व्यवस्था छ।

यस्तो बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुनेछ।

व्यक्तिगत दुर्घटना बीमाको लागि न्युनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार न्युनतम २ रुपैयाँ हुनेछ।

यस्तै सामुहिक दुर्घटना बीमा अन्तर्गत दुई देखि २५ जना सम्मको लागि प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ, २६ जना देखि १०० सम्मको लागि प्रति व्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा, १०० भन्दा बढीको लागि प्रति व्यक्ति प्रतिहजार न्युनतम १ रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ।


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend