मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकले आकर्षक ब्याजदरमा ल्यायो रिटेल/एमई लोन, 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' सुरू

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट बैंकले आकर्षक ब्याजदरमा ल्यायो रिटेल/एमई लोन, 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' सुरू

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा सहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ। 

आउँदै गरेको चाडपर्वहरु तिज, दसैँ, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' को सुरुवात गरेको छ।

भदौ १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ ५ को स्थिर व्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ। सवारी कर्जा १०.९९ ५ को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० ५ सम्म बैंक फाइनान्स रहने छ। साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले जनाएको छ।

तीन महिनाको लागि लागुहुने 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५ को प्रिमियम दरमा उपभोग गर्न सकिने छ। साथै बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरे। 

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


प्रकाशित : शुक्रबार, भदौ १ २०८००९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend