बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउन १ देखि नै मासिक १७ हजार ३ सय लागु हुने

बिहीबार , साउन ३२ २०८०
श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउन १ देखि नै मासिक १७ हजार ३ सय लागु हुने

काठमाडौं- सरकारले साउन १ गतेबाटै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको तलब बढेको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।

२०७८ साउनदेखि लागु भएको १५ हजार न्यूनतम तलबलाई बढाएर  मासिक १७ हजार ३ सय बनाइएको हो। यसैगरी दैनिक ज्याला ६ सय ६८ रुपैयाँ र प्रतिघण्टा ८९ रुपैयाँ तोकिएको छ। 

यसैगरी आंशिक समयमात्रै काम गर्ने कामदारको प्रतिघण्टा न्यनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ। यसअघि प्रतिदिनको ज्याला ५ सय ७७ रुपैयाँ र प्रतिघण्टाको ७७ रुपैयाँ थियो।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३ सय रुपैयाँ तोकिको हो।

यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ रहेको थियो ।

बढेको तलब

new.jpg


 पुरानो तलब

old.jpg

यसैगरी चिया बगानमा कामगर्ने श्रमिकको तलब मासिक १३ हजार ८ सय ९३ रुपैयाँ तय भएको छ। जसमा आधारभूत तलब ८ हजार ९ सय ३४ रुपैयाँ र महँगी भत्ता ४ जार ९ सय ५९ रुपैयाँ तोकिएको छ।

त्यस्तै चिया बगानमा दैनिक ज्यालामा काम गर्ने मजदुरको हकमा ५ सय रुपैयाँ र प्रतिघण्टाको ६३ रुपैयाँ तोकिएको छ। 


प्रकाशित : बिहीबार , साउन ३२ २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend