बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआरएनए आईसीसी अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

बिहीबार , साउन ३२ २०८०
एनआरएनए आईसीसी अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं-  गैरआवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आएका अधिकारीले विश्वका एक दर्जन देशमा व्यवसाय विस्तार गरेका छन्। नेपालमा पनि हाइड्रोपावरमा समेत लगानी गर्दै आएका अधिकारीले बेलायतमा कर्मथलो बनाउँदै आएका छन्।

नेपालमा दर्जनौँ व्यवसायमा आबद्ध रहँदै आएका अधिकारीले बेलायतमा नै स्नातकोत्तर गरेका छन्। गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षक रहेका छन्। 

एनआरएनएको आगामी कार्यकालको लागि निर्वाचनमा डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्र कुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।


प्रकाशित : बिहीबार , साउन ३२ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend