आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

दुई आर्थिक वर्षको लाभांश दिन बाँकी नेशनल लाइफले कति दिन सक्ला? (यस्तो छ प्राविधिक विश्लेषण)

images
सोमबार, कात्तिक २९ २०७८
images
दुई आर्थिक वर्षको लाभांश दिन बाँकी नेशनल लाइफले कति दिन सक्ला? (यस्तो छ प्राविधिक विश्लेषण)
images
images

काठमाडौं- नेशनल लाइफले दुई आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी छ। आर्थिक वर्ष २०७६/७७ कै लेखापरीक्षण सम्पन्न गर्न नसकेको कम्पनीले एक्चुरियल मूल्याङ्कन सम्पन्न गरेर अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ।

images
images
images

यो आर्थिक वर्षकै लेखापरीक्षण गर्न नसकेको कम्पनीले २०७७/७८ को साधारणसभा सम्पन्न अझै ८/९ महिना लगाउने देखिन्छ।

images
images

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत लेखापरिक्षण प्रतिवेदन अनुसार ३९ करोड १२ लाख रुपैयाँ रहेको छ। यस कम्पनीले यस भन्दा अगाडी सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरण र लेखापारीक्षण प्रतिवेदनको नाफामा खासै अन्तर देखिदैन। त्यसैले माथिको नाफामा खासै ठुलो अन्तर आउछ भनेर अपेक्षा गर्न सकिदैन। उक्त नाफाका आधारमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ।

images
images

कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा एक अर्ब ६ करोड रुपैयाँ रहेको छ। कम्पनीको मुनाफाका हिसावले कम्पनीले यस आर्थिक वर्षमा कम्तिमा पनि १० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ। जगेडाकोषलाई प्रयोग गर्यो भने अधिकतम १५ प्रतिशत भन्दा धेरै लाभांश दिन सक्दैन।  

कम्पनीले पछिल्लो तीन आर्थिक वर्षमा १० देखि साढे १४ प्रतिशतसम्म लाभांश दिएको पाइन्छ। बीमा समितिले क्यापिटल प्लान ल्याउनु अगाडी राम्रो लाभांश दिएको नेशनललले पूँजी बढे पछि भने आकर्षिक लाभांश दिन सकेको छैन। विगत १० वर्षको अवधिमा कम्पनीले वितरण गरेको लाभांशलाई हेर्ने हो भने अधिकतम ७२.५ प्रतिशतसम्म लाभांश दिएको पाइन्छ।

पुँजी बढेअनुसार व्यवसाय गर्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी तथा लाभांश दिन सक्ने क्षमता हरेक वर्ष घटिरहेको छ। तुलनात्मक हिसावले जीवन बीमा कम्पनीहरु मध्ये नेशनलको चुक्ता पूँजी दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ पुर्याइसकेको छ।

कम्पनीले पछिल्लो समयमा जुन हिसावले व्यवसायमा  वृद्धि गरिरहेको छ त्यहि अनुपातमा अगाडी बढ्यो भने नाफामा राम्रो सुधार गर्दै जाने देखिन्छ। तर विगतका दुई आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको नाफालाई हेर्दा कम्पनीले लगानीकर्तालाई राम्रै लाभांश दिन सक्ने देखिएको छ ।

कम्पनीले विगत १० वर्षमा वितरण गरेको नाफा

national life.png


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend