शनिबार, साउन १२ गते २०८१    
images
images
images

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता 

images
बुधबार, साउन ३१ २०८०
images
images
एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता 

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य हुनेछन्। ईपीएल खेलहरुको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ। यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन्। 

images
images

सहभागी एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्। प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरण भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरू साप्ताहिक रुपमा भर्न सकिने छ। त्यसपछि सोधिएको बोनस प्रश्न पनि सोधिने छ जसबाट १० अंक संकलन गर्न सकिन्। 

images

पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा पाइनेछ। दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा पाउने कम्पनीले जानकारी दिएको छ। क्तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछन् ।

विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू दिइने कम्पनीले जानकारी दिएको छ।  यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ। 

images

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिने एनसेल अजियाटाले जानकारी दिएको छ। साप्ताहिक पुरस्कारमा पाँच साप्ताहिक विजेताले सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा  ९९८ रुपैयाँ पर्ने कम्बो प्याक पाउने छन्। 

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य हुनेछन्। ईपीएल खेलहरुको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।


प्रकाशित : बुधबार, साउन ३१ २०८००४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend