बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमका पूर्वाधारमा क्षति नपुर्‍याउने सहमति

सोमबार, साउन २९ २०८०
नेपाल टेलिकमका पूर्वाधारमा क्षति नपुर्‍याउने सहमति

काठमाडौं- रोल्पास्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकले क्षति पुर्‍याएको पाइएको छ। रोल्पाको परिवर्तन गाउँपालिकामा रहेको उक्त साइटमा क्षति पुर्‍याउनेको पहिचान खुलेसँगै आगामी दिनमा यस्ता कार्य नगर्ने र गरेको पाइएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ। 

उक्त गाउँपालिकाको रोहबरमा दुवै पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनका अनुसार टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्‍याइएको थियो।

सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेपछि  गाउँपालिकाको रोहबरमा दुवै पक्षबीच छलफल र सहमति भएको प्रवक्ता अधिकारीले बताए।


प्रकाशित : सोमबार, साउन २९ २०८०१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend