मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

रोयल इनफिल्डको ‘लेडी राइडर मिट’

सोमबार, साउन २९ २०८०
रोयल इनफिल्डको ‘लेडी राइडर मिट’

सोही कार्यक्रममा मेहन्दी कलाकारद्वारा राइडहरुलाई मेहन्दी लगाउने तथा मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- रोयल इनफिल्डको महिला चालकहरुमात्रको ‘लेडी राइडर मिट’ सम्पन्न भएको छ। साउनको अवसर पारेर कम्पनीले नक्साल शोरुममा लेडी राइड मिट कार्यक्रम आयोजना गरेको थियो। 

कम्पनीका अनुसार मेहन्दी संस्कृति प्रवद्र्धन, महिला सशक्तिकरण, रोड सेफ्टी, राइडिङ सेफ्टी तथा टू ह्वीलर्स टुरिजम प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शुक्रबार नक्साल स्थित शोरुममा उक्त कार्यक्रम आयोजना गरेको थियो। 

re leady rider.JPG

लेडी राइडर मिटमा कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ को सबै राइडरहरुले टेष्ट राइड गरेर प्रतिक्रिया दिएको कम्पनीको भनाइ छ। सोही कार्यक्रममा मेहन्दी कलाकारद्वारा राइडहरुलाई मेहन्दी लगाउने तथा मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै रोयल इनफिल्ड र यूनेस्कोबीच अमूर्त सम्पदा प्रवद्र्धन गर्न ‘ग्रेट हिमालयन एक्सप्लोरेसनका’ लागि सहकार्य गरिएको कम्पनीले जनाएको छ। यस अन्तर्गत यूनेस्को र अल्फा अटोमोटिभले सांस्कृतिक परम्परा, संगित, नृत्य, नाटक, चाडपर्व, भोजन परम्परा पहिचान तथा अभिलेखिकरणका लागि सचेतना फैलाउने कार्यमा सहकार्य गरेर अघि बढ्ने भएको छ।

रोयल इनफिल्डले विभिन्न समयमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ।


प्रकाशित : सोमबार, साउन २९ २०८००६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend