बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

भन्सार सहजीकरणका लागि चेम्बरका १३ सुझाव

images
आइतबार, कात्तिक २८ २०७८
images
भन्सार सहजीकरणका लागि चेम्बरका १३ सुझाव

नेपाल चेम्बर अफ कमर्सको कर,राजश्व तथा भन्सार समितिद्वारा 'भन्सार सहजिकरणको लागी भन्सार विभागलाई सुझाव' दिएको छ। समितिले भन्सार विभागलाई १३ बुदे सुझाव दिएको हो। 

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कर, राजश्व तथा भन्सार समितिद्वारा भन्सार सहजिकरणको लागि भन्सार विभागलाई सुझाव दिएको छ। समितिले भन्सार विभागलाई १३ बुदे सुझाव दिएको हो। 

images
images
images

समितिले भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरु धेरै नै क्युमा रहेको र भन्सार कार्यालयहरुमा पर्याप्त कर्मचारी समेत नरहेको भन्दै १३ बुँदे सुधारको प्रस्ताव गरेको हो। 

images
images

समितिले नेपाल चेम्बर अफ कमर्सले विगतदेखि नै वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्ने व्यवस्था गर्न माग गरेको छ। त्यस्तै भन्सारको मुख्य काम ब्यापार सहजिकरण गर्ने हुनुपर्ने लगायत विषय राखिएको छ।

images
images

राजश्व संकलनको मेरुदण्ड मूल्य अभिवृद्धि कर र आयकर हुनु पर्ने समेत सुझाव दिएको छ। भन्सारले ब्यापारीका सामानको मूल्याँकन गर्न कारोबार मूल्यलाई मान्यता दिने र न्यून विजीकरण भएको शंका लागेमा भन्सार बिन्दुमा नै त्यस्ता सामान खरी दगर्ने अथवा सामान जाँचपास गरेको व्यवस्था गर्न समेत  सुझावपत्रमा उल्लेख गरिएको छ ।

सबै भन्सार कार्यालयहरुमा भुक्तानी गर्न अनलाइन पेमेन्टको व्यवस्था अभिलम्ब गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै भन्सार कार्यालय ड्राइपोर्ट वीरगंजमा भौतिक पूर्वाधार लगायत आवश्यक दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख गरिएको छ। 

चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारवाही गरी भन्सार छलि हुने वस्तुको पहिचान गरी ति वस्तुहरु भन्सार नाकाबाटै आयात गरिनेगरी नीति निर्माण गरी सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ।  

भन्सार दरबन्दी र मूल्यांकन कायम गर्दा नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी खुला सीमानाबाट चोरी पैठारी हुन सक्ने अवस्था समेतलाई विचार गरी छिमेकी मुलुक सरहको दरबन्दी तथा मूल्यांकन कायम गर्नुपर्ने सुझाव दिइएको छ।

भन्सार विभागको मूल्यांकन समितिको बैठक नियमित हुनुपर्ने र समितिमा निजी क्षेत्र नेपाल चेम्बर अफ कमर्सको प्रतितिधि समेत सदस्य रहने व्यवस्था गर्न समेत माग गरेको छ।  


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend