बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

आइतबार, साउन २८ २०८०
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

'नबिल ढुक्क घर कर्जा'ले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

काठमाडौं- नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ। 

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षको लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुने बैंकको विश्वास छ। बैंकका अनुसार 'नबिल ढुक्क घर कर्जा'ले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

यो योजनाले दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ। यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन्।


प्रकाशित : आइतबार, साउन २८ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend