मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकले सुरु गर्‍यो अफलाइन भुक्तानी सेवा

आइतबार, साउन २८ २०८०
एभरेष्ट बैंकले सुरु गर्‍यो अफलाइन भुक्तानी सेवा

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ।

काठमाडौं- एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'अफलाइन भुक्तानी' सेवा सञ्चालनमा ल्याएको छ। बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप बाट यो सेवा उपभोग गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्। विशेष कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्‌घाटन गरेका छन्। सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए। साथै फाने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताए। 

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ। यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा 'टयाप' गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफूसँग भएको 'फोन पे बिजनेस एप' बाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।


प्रकाशित : आइतबार, साउन २८ २०८०१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend