बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

संस्थागत निक्षेप नवीकरण गर्दा बैंकले ०.१ प्रतिशत ब्याजदर थप्‍न पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २८ २०७८
images
संस्थागत निक्षेप नवीकरण गर्दा बैंकले ०.१ प्रतिशत ब्याजदर थप्‍न पाउने

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संसोधन तथा थप गर्दै सो व्यवस्था गरिदिएको हो। 

images
images

काठमाडौं- बैंकहरुले आफैसँग रहेको संस्थागत निक्षेपलाई नवीकरण गर्नका लागि प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत थप गर्न पाउने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संसोधन तथा थप गर्दै सो व्यवस्था गरिदिएको हो। 

images
images

बोलकबोलको आधारमा निक्षेप संकलन गर्दा बैंकहरुले प्रकाशित गरेको ब्याजदरभन्दा बढी नहुनेगरीमात्र निक्षेप संकलन गर्नुपर्ने छ। तर आफैसँग रहेको संस्थागत निक्षेपलाई पनु: बोलकबोल गरी नवीकरण गर्दा भने प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दुले थप गरी संकलन गर्न पाउने भएका छन्। 

images
images

त्यस्तै अन्य बचत खाताको ब्याजदर परिवर्तनमा बैंकहरूलाई अंकुश लगाइदिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले बचतको ब्याजदर मनपरीरूपमा परिवर्तन गर्दा कर्जाको ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले बचत खाताको ब्याजदर परिवर्तनमा अंकुश लगाइदिएको हो।

राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनअनुसार बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र नयाँ रूपले ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नुपर्नेछ।

त्यस्तै निक्षेप खाताको अधिकतम ब्याजदरको औषत ब्याजदरमा १० प्रतिशत भन्दा बढी बढाउने पाइने छैन। कुनै पनि बैंकको अघिल्लो महिनाको औषत ब्याजदर ८.५ प्रतिशत भएमा अर्को महिना त्यसको १० प्रतिशतमात्र बढाउन पाइने छ।

यसैगरी कुनै बैंकले नयाँ बचत योजना कार्यान्वयन गर्दा सबै प्रकारका बचत खाताको ब्याजदरमा समायोजन गर्नुपर्नेछ।

राष्ट्र बैंकले कल निक्षेप बाहेकका ब्याजदर प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दू भन्दा बढीले फरक पार्न नहुने निर्देशन पनि दिएको छ। यदि यस्तो अन्तर फरक पर्न गएमा अधिकतम वा न्यूनतममध्ये एकबाट समायोजन गरी ब्याजदर कायम गर्नुपर्ने छ।  तर सामाजिक सुरक्षा भत्ता र अक्षय कोषको रकममा दिइने ब्याजदरमा भने यो सीमा लागु हुने छैन। 

राष्ट्र बैंकको यो व्यवस्थाअनुसार अब कल निक्षेप बाहेक सबै प्रकारका निक्षेपबीचको ब्याजदरको अन्तर ५ प्रतिशत विन्दूभन्दा बढीले फरक हुने छैन।


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend