मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्य स्थिर

आइतबार, साउन २८ २०८०
सुनचाँदीको मूल्य स्थिर

चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। गत शुक्रबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ। शुक्रबार पनि सोही मूल्य कायम थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।


प्रकाशित : आइतबार, साउन २८ २०८००५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend