आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

गभर्नर र अर्थमन्त्रीको भेटले तरंगित भयो सेयर बजार, व्यापक उतारचढाव

images
आइतबार, कात्तिक २८ २०७८
images
गभर्नर र अर्थमन्त्रीको भेटले तरंगित भयो सेयर बजार, व्यापक उतारचढाव
images
images

काठमाडौं- तिहार बिदापछि लगातार ओरालो झरेको सेयर बजारमा आइतबार लगानीकर्ताहरू केही दोधारमा देखिएका छन्। दोस्रो बजारको उचारचढावलाई हेर्दा लगानीकर्ताहरू डरसँगै अवसर खोजिरहेका छन्।   

images
images
images

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर नबढाउन निर्देशन दिएको हल्लाले लगानीकर्ताहरू अलमलमा देखिन्छन्। एक महिना अगाडि राष्ट्र बैंकले दिएको निर्देशनका आधारमा बैंकहरूको ब्याजदरको वृद्धिदर निश्चित छ। तर ब्याजदर बढिरहेको विषयलाई लिएर अर्थमन्त्रालयले राष्ट्र बैंकलाई नियन्त्रण गर्न निरन्तर दवाव दिँदै आएको छ।

images
images

आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षाको विषयमा ब्रिफिङसमेत गरेका छन्। सेयर धितोको कर्जामा लगाइएको ४ करोड र १२ करोड रुपैयाँको सीमाका विषयमा राष्ट्र बैंक मौन छ। तर अर्थमन्त्री जनार्दन शर्मा त्यो सीमा हटाउनुपर्ने पक्षमा रहेका छन्। जसका कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्।

images
images

महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्मासहित सचिव मधु मरासिनीलाई पनि मंसिर पहिलो सातासम्ममा मौद्रिक नीतिको समीक्षा आउने जानकारी गराएका छन्। आइतबार फैलिएको सोही हल्लाका कारण पनि सेयर लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको छ। ७४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १०३ कम्पनीको सेयर बढ्दा ७५ कम्पनीको घट्यो भने ८ कम्पनीको परिवर्तन भएन। 

market.jpg

अर्थको दबाबपछि राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा ब्याजदर नियन्त्रणसम्बन्धी कस्तो नीति लिन्छ भन्ने विषयलाई पनि लगानीकर्ताहरूले पर्खेर बसिरहेका छन्। यदि राष्ट्र बैंकले बढ्दो ब्याजदरलाई नियन्त्रण गर्ने नीति लियो भने सेयर बजार सुधार हुने विश्लेषण गरिएको छ।

अर्कोतर्फ राष्ट्र बैंकले लगानीकर्ताहरूको माग सम्बोधन गरिदियो भने बजार बढ्ने भन्दै ठूला लगानीकर्ताहरू रेडि टु मुभको अवस्थामा छन्। यदि राष्ट्र बैंकले बजारमैत्री नीति लियो भने सेयर बजारले अर्को उचाइ लिने विश्लेषण गरिएको छ।

यदि बजार सुधार हुने अवस्थामा पुग्यो भने पुनः राम्रो लाभांश दिएका बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आउने देखिन्छ। अर्को तर्फ ठूला लगानीकर्ताहरूले खेल्न सजिला कम्पनीको सेयर मूल्यमा पनि उछाल आउने हुँदा यहिअनुसार लगानीकर्तालाई उत्तम हुन्छ। तर यो समय दीर्घकालीन लगानीको सयम भने होइन। अवस्था हेरेर अल्पकालीन अवधिका लगानीकर्ताले मात्रै राम्रो लाभ लिन सक्ने देखिन्छ।

साना ठूला लगानीकर्ताहरूमा बजार बढ्छ भन्ने कन्फिडेन्स भए पनि नेपाल राष्ट्र बैंकले बेला बेलामा जारी गर्ने निर्देशनले आत्तिइरहेका छन्। अर्कोतर्फ बजार घटाउने समाचार हाबी हुँदा बजारमा तीव्र उतारचढाव देखिन्छ। अझै पनि बैंकिङ तरलताको समाधान आइसकेको छैन।

अहिलेको तरलता अभाव तत्काल समाधान हुने कुनै आधार नभएको हुँदा अबको केही समय यसले प्रभाव पारिरहने निश्चित छ। अर्कोतर्फ अबको सिजन घरजग्गाको सिजन हो। जब लगानीकर्ताको ध्यान घरजग्गामा जान्छ तब तब सेयर बजार ओरालो झरेको उदाहरण धेरै छैन। 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend