बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, दुई सयभन्दा बढी स्टल, आविष्कार केन्द्रमा बनाएका सामग्री पनि राखिने

images
आइतबार, कात्तिक २८ २०७८
images
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, दुई सयभन्दा बढी स्टल, आविष्कार केन्द्रमा बनाएका सामग्री पनि राखिने

महिला, घरेलु तथा साना उद्योगीका लागि ३० वटा स्टल निःशुल्क हुनेछन्। यसरी निःशुल्क स्टल लिनका लागि घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्रको सिफारिस चाहिने छ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ र चितवन उद्योगको आयोजनामा पुस २ देखि ४ गतेसम्म चितवनमा औद्योगिक प्रदर्शनी हुने भएको छ।

images
images
images

प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल हुने आयोजक नेपाल उद्योग परिसंघले जानकारी दिएको छ। स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनको स्टल हुनेछन्।

images
images

महिला, घरेलु तथा साना उद्योगीका लागि ३० वटा स्टल निःशुल्क हुनेछन्। यसरी निःशुल्क स्टल लिनका लागि घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्रको सिफारिस चाहिने छ।

images
images

प्रदर्शनीमा औद्योगिक उपकरणदेखि अन्य उत्पादनहरू राखिने छ। यसमा प्रवेश गर्न शुल्क लाग्ने छैन। नेपाली उद्यमीलाई अ‌ौद्योगिक प्रविधिका बारेमा जानकारी दिने साथै उद्योगका लागि आवश्यक ज्ञान, जानकारी तथा परामर्श पाइने छ।

उत्पादनको बजार तथा सम्भावनाको खोजी गर्नेहरूलाई प्रदर्शनीले फाइदा पुर्‍याउने चितवन उद्योग संघको विश्वास छ। 

प्रदर्शनीले युवा उद्दमीलाई सम्भावना खोजीमा सहयोगमात्र नभएर पर्यटन प्रबर्द्धन र देशकै अर्थतन्त्रमा फाइदा पुग्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए।

प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उत्पादनहरू पनि राखिने छ।

आफैमा उद्योग नभए पनि औद्योगिक उपकरण, ज्ञान, अनुसन्धान जस्ता विषयमा काम गर्ने भएकाले प्रदर्शनमा भाग लिन लागिएको केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए। 

उद्यमशील मान्छेलाई अनुसन्धानमा सहयोग गर्ने, सम्भावनाको खोजीका लागि सहयोग होस् भनेर आफूहरु जान खोजेको उनको भनाइ छ।

'पैसालेमात्र उद्योग स्थापना र सफल हुँदैन। त्यसका लागि अनुसन्धान तथा विकास चाहिन्छ। हामीसँग अहिले धेरै मान्छे आइरहेका छन्। सम्भाव्यता तथा उपकरणका बारेमा जानकारी लिन खोज्छन्। हामी प्रदर्शनीमा त्यही अनुसारको सहयोग गर्छौँ' पुनले भने। 

भएको सीप तथा प्रविधिको जानकारी दिइने तर संस्थासँग अन्तर्राष्ट्रियस्तरको प्रविधि नभएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend