बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसलले एक वर्षमा थप्यो ३ सय ३८ टावर, फोरजी सेवा विस्तारका लागि हजारबढी साइटको स्तरोन्नति 

शुक्रबार, साउन २६ २०८०
एनसलले एक वर्षमा थप्यो ३ सय ३८ टावर, फोरजी सेवा विस्तारका लागि हजारबढी साइटको स्तरोन्नति 

सेवा विस्तारका लागि पूर्वाधार निर्माण गर्ने योजनासहित कम्पनीले गएको आर्थिक वर्षमा टावर विस्तार गरेको हो। 

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक एनसलेले आर्थिक वर्ष २०७९/८० मा ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ। 

सेवा विस्तारका लागि पूर्वाधार निर्माण गर्ने योजनासहित कम्पनीले गएको आर्थिक वर्षमा टावर विस्तार गरेको हो। 

फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराईका ५५ ग्रामीण तथा दुर्गम ठाउँमा टावर विस्तार गरेको हो। 

उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र ईनरुवा नगरपालिकामा फोरजी सेवा विस्तार गरेको हो। 

डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यलाई साथ दिनका लागि द्रुत गतिको ईन्टरनेट सेवाको विस्तार गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए। 

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ। यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गएिका टावरहरु पर्दछन्।

त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढि टावरहरुको स्तरोन्नती गरिएको छ। यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप-महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ । 


प्रकाशित : शुक्रबार, साउन २६ २०८००४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend