शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल टेलिकमले सुरु गर्‍यो १००० मेगावाइट पर सेकेन्ड उच्च गतिको एफटीटीएच इन्टरनेट

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २५ २०८०
images
images
नेपाल टेलिकमले सुरु गर्‍यो १००० मेगावाइट पर सेकेन्ड उच्च गतिको एफटीटीएच इन्टरनेट
images

काठमाडौं- नेपाल टेलिकमले एक गिगावाइट पर सेकेन्ड (जीबीपीएस) अर्थात १००० मेगावाइट पर सेकेन्ड (एमबीपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटीटीएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ। 

images
images

यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो। 

images

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबीपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। सो सेवा पाँच सय एमबीपीएस र एक जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जीबीपीएस हुनेछ।

प्रिमियम एफटीटीएच पाँच सय एमबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा शून्य दशमलव पाँच टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। प्रिमियम एफटीटीएच एक जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ। यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। 

images

दुवै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । पाँच सय एमबीपीएसको ‘प्रिमियम एफटीटीएच पाँच सय एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार र एक जीबीपीएसको ‘प्रिमियम एफटीटीएच एक जीबीपीएस’ प्याकेज वार्षिक एक लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ। 

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ। हालका लागि काठमाडौँ उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ। व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।


प्रकाशित : बिहीबार , साउन २५ २०८०१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend