मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , साउन २५ २०८०
तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं- नेपाली बजारमा यो साता सोमबारयता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। बिहीबार पनि सुनको मूल्य तोलामा सात सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , साउन २५ २०८००५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend