बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

शतप्रतिशत हकप्रद दिने तयारीमा रहेको अरुण काबेलीको नाफा १८.४९ प्रतिशतले बढ्यो

images
आइतबार, कात्तिक २८ २०७८
images
शतप्रतिशत हकप्रद दिने तयारीमा रहेको अरुण काबेलीको नाफा १८.४९ प्रतिशतले बढ्यो

शत प्रतिशत हकप्रद सेयर दिने तयारीमा जुटेको अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा  १३ करोड ५३ लाख ८० हजार खुद नाफा कमाएको छ।

images
images

काठमाडौ- शतप्रतिशत हकप्रद सेयर दिने तयारीमा जुटेको अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा  १३ करोड ५३ लाख ८० हजार खुद नाफा कमाएको छ।

images
images
images

कम्पनी गतवर्षको नाफाबाट १७ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले हकप्रद सेयरका लागि विद्युत नियमन आयोगमा आवेदन दिइसकेको छ।

images
images

गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो। गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा  ११ करोड ३५ लाख ४४ रहेको थियो ।

images
images

यस वर्ष विद्युत् विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी अर्थात् २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ। विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी २४ करोड ९५ लाख ५४ हजार भएको छ। ५ दशमलव ७१ प्रतिशत बोनस सेयरमार्फत पूँजी वृद्धि गरी  १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पुर्‍याएको छ । 

जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत वृद्धि भई  ४२ करोड ५० लाख ८४ हजार कायम भएको छ। कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर  ३ अर्ब ४५ करोड पुगेको छ। 

पहिलो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी  ३४ दशमलव १५ रहेको छ भने प्रतिसे यर नेटवर्थ ३५८ दशमलव शून्य ८ रहेको छ।
 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend