आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

नाफामा छलाङ मारेको हिमालयन डिष्ट्रिलरीले कति दिन सक्ला लाभांश?  

images
आइतबार, कात्तिक २८ २०७८
images
नाफामा छलाङ मारेको हिमालयन डिष्ट्रिलरीले कति दिन सक्ला लाभांश?  

कम्पनीको ८० देखि ९० प्रतिशतको विचमा लाभांश दिन सक्ने क्षमता रहेको छ।

images
images

काठमाडौं- गत वर्ष आकर्षक लाभांश दिएको हिमालयन डिष्ट्रिलरीले यस वर्ष दिन बाँकी छ। यस वर्ष पनि गत वर्षकै हारारहारीमा लाभांश दिन हल्लाले दोस्रो बजारमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ।

images
images
images

कम्पनीले चौथो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने वित्तीकै उचालिएको सेयर मूल्य अहिले पनि प्रति कित्ता ६९०० रुपैयाँ भन्दा माथि छ। एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै सर्वाधिक ७९३८ रुपैयाँसम्म पुग्यो। जवकी यहि अवधिमा कम्पनीको सबैभन्दा कम २३०० रुपैयाँ थियो।

images
images

गत वर्षको बुलमा १२/१२ सय रुपैयाँबाट ७९३८ रुपैयाँ पुगेको थियो। यस अवधिमा कम्पनीले ५० प्रतिशत बोनश सेयर र ५० प्रतिशत नगद लाभांश दियो। बुक क्लोज पछि कम्पनीको सेयर मूल्य करेक्सन भएर ३८७२ रुपैयाँमा झर्यो। तर मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य थप आकासियो।

images
images

यसै क्रममा कम्पनीले पहिलो, दोस्रो, तेस्रो र चौथौ त्रैमाशिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा हरेक त्रैमाशमा मुनाफाको बृद्धि उच्च देखिए पछि लगानीकर्ताको आकर्षण बढेको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

चौथो त्रैमाशिक अवधिको वित्तीय विवरण हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत बोनश सेयर वितरण पछि चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमाशिक अवधिमा एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा जगेडा कोषमा भने एक अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष नयाँ प्लान्ट थप गरेर क्षमता बढाए सँगै कम्पनीको आम्दानीमा उल्लेखनिय सुधार आएको हो। यसले गर्दा मुनाफा र लाभांश दिने क्षमता उत्तीकै बढेको छ।

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पूँजी आवस्यक पर्ने भएकाले यस वर्ष पनि बोनस सेयर दिने बजारमा हल्ला छ। यहि हल्लाले गर्दा बढाबढ मूल्यमा खरिद खरिद बिक्री भइरहेको छ ।

यस्तो उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुले धेरै पूँजी राख्दैनन्। आवस्यक परेका खण्डमा कर्जा लिएर काम गर्न नत्र पूँजी बढाइ नगद लाभांश मात्रै बाढ्दै परिपाटी धेरै देख्न सकिन्छ।

धेरै पूँजी हुँदा सधै उहि अनुपातमा लाभांश खुवाउन सकिदैन। उत्पादन तथा प्रशोधनमुलक कम्पनीको व्यवसायिक ग्यारेन्टी हुँदैन। कुनै वर्ष अत्याधिक बिक्री हुँदा कुनै वर्ष सून्य नै हुन पनि सक्छ। यसले गर्दा यस्ता कम्पनीहरुले बोनश सेयर भन्दा नगद लाभांशलाई धेरै प्राथमिकता दिन्छन्।

तर बजारमा कम्पनीले ८० प्रतिशत लाभांश दिने त्यसमा बोनस सेयरको हिस्सा धेरै रहने हल्ला चलाएका छन् । कम्पनीको ८० देखि ९० प्रतिशतको विचमा लाभांश दिन सक्ने क्षमता रहेको छ। कम्पनीले गत वर्ष पनि पुसमा साधारणसभा गरेको थियो। यस वर्ष पनि पुसमै साधारणसभा गर्यो भने अवको केहि दिन भित्रै कम्पनीले लाभांश घोषणा गर्न सक्नेछ।  

 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend