बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

निफ्राको नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

images
आइतबार, कात्तिक २८ २०७८
images
निफ्राको नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो।

images
images

काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ।  विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। 

images
images
images

असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

images
images

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ। 

images
images

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३४.२० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ।

 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend