मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुजुकीको 'मनसुन  फ्री  सर्भिस क्याम्प' साउन २४ देखि २६ सम्म हुने, ४ जना ग्राहकलाई होलिडे प्याकेज 

मंगलबार, साउन २३ २०८०
सुजुकीको 'मनसुन  फ्री  सर्भिस क्याम्प' साउन २४ देखि २६ सम्म हुने, ४ जना ग्राहकलाई होलिडे प्याकेज 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन्।

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिङस्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन २४ देखि २६ गतेसम्म मनसुन  फ्री  सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ। 

मनसुनको समउमा हुने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक  प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यानमा राखेर फ्री सर्भिस क्याप आयोजना गरेको कम्पनीले जनाएको छ।  सुजुकी ग्राहकलाई  यो विषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको कम्पनीको भनाइ छ। 

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्नु सक्नेछन्। 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन्।

त्यसैगरी एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट छ भने लेवर चार्जमा २० प्रतिशत छुट पाउने छन्। साथै एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुटको व्यवस्था थरिएको कम्पनीले जनाएको छ।  

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।


प्रकाशित : मंगलबार, साउन २३ २०८००८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend