बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोभिडकै बीच ५ अर्ब लगानीमा खुल्यो पाँच तारे होटल ह्यात प्लेस

शनिबार, कात्तिक २७ २०७८
कोभिडकै बीच ५ अर्ब लगानीमा खुल्यो पाँच तारे होटल ह्यात प्लेस

कोभिड–१९ कै बिच पाँच अर्ब लगानीमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ। गोल्यान समूहले निर्माण गरेको काठमाडौंको सोल्टीमोडमा ह्यात प्यालेस चेनमा पाँच तारे होटल सञ्चालनमा ल्याइएको हो। 

काठमाडौै- कोभिड-१९ कै बीच ५ अर्ब लगानीमा नयाँ पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ। गोल्यान समूहले काठमाडौंको सोल्टीमोडमा निर्माण गरेको ह्यात प्लेस चेनमा पाँच तारे होटल सञ्चालनमा ल्याइएको हो। 

नेपालमा यसअघि पनि ह्यात ब्रान्डमाकै नाममा तारागाउँ रिजेन्सीले होटल सञ्चालन गरिरहेको छ। नेपालमा ह्यात चेनको यो दोस्रो होटल हो। 

टेक्स्टायललगायत अन्य व्यापारमा जमिरहेको गोल्यान समूहले काठमाडौंको सोल्टीमोडमा ‘हायात प्लेस’ पाँचतारे होटलका लागि संरचना निर्माण तीन वर्ष अगाडिनै सुरु गरेको थियो। कोरोना कारण गतवर्ष नै सञ्चालनको लक्ष्य भएपनि एक वर्ष पर धकेलिएको थियो। 

साढे १० रोपनी क्षेत्रफलमा ह्यात प्लेस होटल निर्माण भएकाे हाे। गोल्यान समूहले होटलसँगै जोडिएको अपार्टमेन्टका लागि पनि भवन बनाइरहेको छ। हाेटलमा लगानी ५ अर्ब रुपैयाँ पुगेको सञ्चालक पवन गोल्यानले जानकारी दिए। ‘यसले पर्यटनमा क्षेत्रमा ठूलो योगदान पुराउने आशा गरेका छौ,’ गोल्यानले भने। चार वटा अपार्टमेन्ट त्यही रहेकोले कसरी सञ्चालन गर्ने निर्णय हुन बाँकी रहेको गोल्यानले जानकारी दिए। 

१४ तले भवनमा होटलका लागि १५३ कोठा हुने छन्। लक्जरी तथा बिजनेस क्याटोगरी सबैलाई मिल्नेगरी रुमको इन्टेरियर डिजाइन गरिएको गोल्यानले जानकारी दिए। पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट हुने उक्त होटलमा क्यासिनो बाहेकका सबै स्तरीय सुविधा हुने छन्। क्यासिने भने तत्काल चलाउने अवस्था नरहेको गोल्यानले बताए।

होटलमा स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, सात सय क्षमताका मिटिङरुम समेत रहेको छ। होटलको सबै व्यवस्थापन ह्यात प्लेसले गर्नेछ। यसमा उसले खाना पकाउनेदेखि सेवा सुविधासम्मका सबै ह्यात प्लेस स्तरअनुसार हुनेछ। 

गोल्यान भने बढ्दो आर्थिक गतिविधि र फैलँदो पर्यटकीय वातावरणका कारण होटलको लगानी सुरिक्षत रहेको दावी गरेका छन्। कोरोनापछि विश्वभर पर्यटन क्षेत्रमा असर गरेपनि अव  विस्तार पर्यटकहरु घुम्न निस्कने आशा गोल्यानले गरेका छन्। 


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend