मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, १४ सयमा ओर्लियो चाँदी

मंगलबार, साउन २३ २०८०
तोलामा तीनसय रूपैयाँले घट्यो सुनको मूल्य, १४ सयमा ओर्लियो चाँदी

चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तीन सय रूपैयाँले घटेको हो। चार दिनयता लगातार स्थिर रहेको चाँदीको मूल्य भने आज प्रतितोला २५ रूपैयाँले घटेको छ। 

मंगलबार छापावाल सुनको मूल्य एक लाख १२ हजार एक सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, साउन २३ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend