शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रैथाने उत्पादनको प्रबर्द्धन कार्यक्रम विस्तार गर्दै खाद्य कम्पनी, सूचीकरणका लागि आव्हान 

मंगलबार, साउन २३ २०८०
रैथाने उत्पादनको प्रबर्द्धन कार्यक्रम विस्तार गर्दै खाद्य कम्पनी, सूचीकरणका लागि आव्हान 

सिमी, कागुनो, चिनोको चामल, उँवा, फापर, मार्सी चामल, कोदो र आलुजस्ता उत्पादनलाई बजारीकरणको जिम्मा कम्पनी आफैले लिने छ। 

काठमाडौं-  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रैथाने बालीको बजारीकरणलाई अझै विस्तार गर्ने भएको छ।

हालसम्म स्थानीय तहसँगको साझेदारीमा रैथाने बालीको उत्पादन खरिद गर्दै आएकोमा अबदेखि भने उत्पादक तथा किसान समूहलाई सूचीकरण हुनका लागि आव्हान गरेको छ। 

चालु वर्षको बजेटमा रहेको कार्यक्रम अनुसार रैथाने बालीको बजारीकरण विस्तार गर्न भन्दै कम्पनीले स्थानीयस्तरमा उत्पादन भइरहेका विभिन्न रैथाने उत्पादन बिक्री गर्न इच्छुक किसानलाई आव्हान गरेको हो। 

सिमी, कागुनो, चिनोको चामल, उँवा, फापर, मार्सी चामल, कोदो र आलुजस्ता उत्पादनलाई बजारीकरणको जिम्मा कम्पनी आफैले लिने छ। 

सरकारी स्वामित्वको यो कम्पनीले किसानको उत्पादन खरिद गरेर बिक्री गर्दै आएको छ। 

प्रकाशित : मंगलबार, साउन २३ २०८००४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend