बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईटी कम्पनीले विदेशमा शाखा खोल्नका लागि आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा पाउने 

सोमबार, साउन २२ २०८०
आईटी कम्पनीले विदेशमा शाखा खोल्नका लागि आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा पाउने 

यसका लागि सुविधा पाउने कम्पनीले अघिल्लो वर्षको सेवा निर्यातबाट प्राप्त आम्दानी प्रमाणित हुने लेखा परीक्षण प्रतिवेदन, परिवर्त्य विदेशी मुद्राको बैंक खाता विवरण बुझाउनुपर्ने छ। भारतमा निर्यात गरेर  गरेको भए नेरु खाता र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जनको प्रमाण चाहिने छ। 

काठमाडौं- नेपालमा सूचना प्रविधिको व्यवसाय गर्ने कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोल्नका लागि आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको घोषणाअनुसारको सर्कुलर जारी गर्दै व्यवस्था गरेको हो। सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग-व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न-आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न  अघिल्लो वर्ष आर्जन गरेको आम्दानीको १० प्रतिशतसम्म यस्तो सुविधा दिने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

सूचना प्रविधिको उत्पादन तथा सेवाको निर्यात गरिरहेकाहरूलाई विदेशमा आवश्यक काम गर्नका लागि आफ्नै खातामा रकमान्तर वा भुक्तानीका लागि यस्तो सुविधा दिनका लागि सर्त निर्धारण गरिएको छ। 

यसका लागि सुविधा पाउने कम्पनीले अघिल्लो वर्षको सेवा निर्यातबाट प्राप्त आम्दानी प्रमाणित हुने लेखा परीक्षण प्रतिवेदन, परिवर्त्य विदेशी मुद्राको बैंक खाता विवरण बुझाउनुपर्ने छ। भारतमा निर्यात गरेर  गरेको भए नेरू खाता र सम्बन्धित बैंकले जारी गरेको भारू आर्जनको प्रमाण चाहिने छ। 

सम्बन्धित सरकारी निकायको सिफारिस पनि आवश्यक पर्ने छ। यो अनुमति पाएपछि विदेशमा खाता खोल्नका लागि छुट्टै अनुमति आवश्यक हुने छैन। तर यस्तो सटही सुविधा दिँदा कर चुक्ता प्रमाणपत्रमा उल्लेखित करयोग्य आयको २० प्रतिशतभन्दा धेरै हुन नहुने राष्ट्र बैंकले उल्लेख गरेको छ। 


प्रकाशित : सोमबार, साउन २२ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend