मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुद्ध एयरको टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने

सोमबार, साउन २२ २०८०
बुद्ध एयरको टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने

आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

काठमाडौं- बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ। आइतबार आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच सोसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्नेछन्। साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्नेछन्।

आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

प्रकाशित : सोमबार, साउन २२ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend